प्रचण्ड-देउवा बैठक बालुवाटारमा जारी, गठबन्धन टुट्ने संभावना


१० पुष २०७९, आईतवार ११:२७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गर्नुभएको थियो भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिनुभएको थियो । 

बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने गरी सरकारमा नजान माओवादी पदाधिकारी नेताहरुले सुझाव दिएका छन् ।

यस्तै कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर बिहानै खुमलटार पुग्नुभएको थियो । प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाउनु भएको थियो । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि समझदारी बन्न सकेको छैन । अहिले भइरहेको देउवा प्रचण्डबीच भएको संवादले गठबन्धन रहने कि नरहने टुंगो लाग्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here