एमालेको गन्तव्य सरकार बनाउनु नभएको अध्यक्ष ओलीको भनाइ


९ पुष २०७९, शनिबार १५:१२ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा प्युठान काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले अरु पार्टीको गन्तव्य सरकार बनाउने भएपनि एमालेको गन्तव्य सरकार नभई सुखि नेपाली समृद्ध नेपाल भएको बताउनुभएको हो ।

सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको उहाले बताउनुभयो । उहाले सरकार भन्दा पनि मुलुकमा स्थीरता र स्थायीत्व कायम गर्नका लागि एमालेको ध्यान केन्द्रीत रहेको धारणा राख्नुभयो । प्रतिपक्ष वा सत्तापक्ष जहा भएपनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने उहाले बताउनुभयो ।

ओलीले अव पार्टीका वास्तविक नीतिहरुलाई जनता र कार्यकर्ताकाबीच लाने र पार्टीका सवै तहलाई चूस्तदूरुस्त राख्न ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।
उहाले एमालेलाई सिद्धाउन खोज्दा पार्टी अझै सवल ढंगले अघि बढेकाले अब सवलतालाई थप शुद्ध बनाउदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here