प्रत्यक्ष निर्वाचनको मतगणना सकियो, कस्को कति सिट ?


१९ मंसिर २०७९, सोमबार १०:४२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभातर्फको सबै १६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ ।

दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

दोलखामा प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतको अन्तरले हराए ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने एमालेका उम्मेदवार शिवाकोटीले ३६ हजार ४८१ मत ल्याएका छन् । यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७–७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here