झापाका शिक्षासेवी हरिकुमार प्रसाईंको निधन


१८ मंसिर २०७९, आईतवार ०८:४४ मा प्रकाशित

झापा । झापा बिर्तामोडमा रहेको न्यूटन्स एजुकेसन एकेडेमीका संस्थापक हरिकुमार प्रसाईंको निधन भएको छ ।

आइतबार बिहान संयुक्त राज्य अमेरिकामा उहाँको निधन भएको पारीवारिक स्रोतले जनाएको छ ।

उहाँले शिक्षा क्षेत्रमै जीवन व्यतित गर्नुभएको थियो ।

लामो समयदेखि ठूलो आन्द्रामा क्यान्सर भएका कारण उहाँ पीडित बन्नुभएको थियो ।

अमेरिकामा रहनुभएको छोरीसंगै उहाँ बस्दै आउनुभएको थियो । बिर्तामोडका सगरमाथा बोर्डिङ स्कूल, दिपज्योति स्कूल, न्यूटन्सलगायत संस्थाहरू उहाँकै सक्रियतामा स्थापना भएका थिए ।

निजी शिक्षण संस्था स्थापना गर्न अघि उहाँ सरकारी विद्यालयमा शिक्षक हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here