झापा । प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ ।
प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ ।
एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ ।
प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार १४४ सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ ।
यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा ९एकीकृत समाजवादी०ले ५५ हजार ९५७ मत पाएका छन् ।