कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन


१८ मंसिर २०७९, आईतवार ०८:१३ मा प्रकाशित

बिर्तामोड । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन हुनुभएको छ ।

क्यान झापा शाखाको आठौं वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

सदस्यहरुमा लोकप्रिय खनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकज पोखरेल ,सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहनुभएको छ भने पदेन सदस्यमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ रहेको निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घिमिरेलाई निर्वाचन अधिकृत अधिवक्ता भण्डारीले सपथ गराउनुभएको थियो भने निर्वाचित सबैजनालाई निर्वाचन समितिको तर्फबाट पुष्पाञ्जली सिन्हाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भुपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव कृष्णप्रसाद घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनोद श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघ नेपालका केन्द्रीय सदस्य भुपेन्द्र मैनाली, गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रुपक खनाल,साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्ले, निर्वाचन समितिका सदस्य तथा एभरेष्ट स्मार्ट एजुकेशनकी प्रिन्सिपल पुष्पाञ्जली सिन्हालगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here