माओवादी केन्द्रको पदाधिकारी बैठक दिँउसो ३ बजे बस्‍दै, चुनावबारे समीक्षा हुने


१७ मंसिर २०७९, शनिबार १२:०४ मा प्रकाशित

झापा । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्‍ने भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्‍ने भएको हो ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here