चुनावको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


१७ मंसिर २०७९, शनिबार १२:०९ मा प्रकाशित

काठमाडौँ । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्‍ने भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा आज दिँउसो ३ बजे बस्‍ने भएको हो ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here