न्युटन्स एजुकेसन एकेडेमीकाे तीन दिवसीय जीवनोपयोगी तथा प्रेरणादायी प्रशिक्षण कार्यक्रम सम्पन्न


२५ जेष्ठ २०८२, शनिबार १९:२६ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड–५ स्थित न्युटन्स एजुकेसन एकेडेमीको आयोजनामा तीन दिवसीय जीवनोपयोगी तथा प्रेरणादायी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन शनिबार विद्यालय व्यवस्थापन समितिका सदस्य सुभाष तिम्सिनाको अध्यक्षतामा तथा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा अधिकृत लासाङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले स्वागत मन्तव्य राख्दै प्रशिक्षणको उद्देश्य, औचित्य तथा महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले शिक्षक र अभिभावकबीच भावनात्मक समझदारी, समन्वय र सकारात्मक सोच निर्माणमा यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले समपुर्ण शिक्षकहरुलाई तालिममा आफुले सिकेकको कुरा व्यबहारमा लागु गर्न जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत लासाङ तामाङले शिक्षाले विश्वलाई वदल्न सक्छ भन्ने कुरा व्यक्त गर्नुभयो ।

उहाँल सबैे शिक्षकहरुलाइ जिम्मेबार बनेर आफ्नो धर्म पालना गर्न आग्रह गर्नुभयो ।   प्रशिक्षण कार्यक्रमको प्रमुख आकर्षणका रूपमा राष्ट्रिय ख्यातिप्राप्त वरिष्ठ प्रशिक्षक तथा मनोपरामर्शदाता ईश्वर श्रेष्ठले तीन दिनसम्म प्रशिक्षण दिनुभएको थियो । उहँले  पहिलो दिनको सत्रमा आत्मविश्वास विकास, सकारात्मक सोच, बालमैत्री वातावरण निर्माण, मानसिक स्वास्थ्य तथा शिक्षक–अभिभावक सहकार्य जस्ता विषयमा कार्यशाला र अभ्यासात्मक सत्र सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो र तेस्रो दिनमा सहभागीहरूसँग अन्तरक्रियात्मक सत्र, व्यवहारिक अभ्यास तथा शिक्षकहरूका लागि तालिम दिइएको थियो । कार्यक्रममा १० भन्दा बढी विद्यालयका प्रधान्ध्यापक, शिक्षक, अभिभावक प्रतिनिधि, व्यवस्थापन समिति सदस्य तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

न्युटन्स एजुकेसन एकेडेमीले शिक्षालाई व्यवहारिक र मूल्यमा आधारित बनाउँदै अभिभावक, शिक्षक र विद्यार्थीलाई लक्षित गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here