धनुषकोटीस्थित माई खोलामा बेवारिसे शव फेला


२६ जेष्ठ २०८२, आईतवार १०:०१ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका वडा नं.२ धनुषकोटीस्थित माई खोलाको बिच भागमा बेवारिसे शव फेला परेको छ ।

तत्काल नाम, थर र वतन नखुलेको ,सेतो रङको कमेज सुरुवाल लगाएको बर्ष अन्दाजी ५० का पुरुष मानिस घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले देखेर इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here