गत आर्थिक बर्षमा कर्णाली सहकारीको नाफा १० करोड ७ लाख रुपैयाँ


१७ मंसिर २०७९, शनिबार ०६:५१ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी सस्थाको २२ औ वार्षिक साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

शुक्रबार संस्थाको कार्यालय बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि प्रतिवेदन सार्वजनिक गरिएको हो । सस्थाका अध्यक्ष टसबहादुर प्रधान, कोषाध्यक्ष एकराज विष्ट, कार्यकारी प्रमुख कुमार याक्सो लगायतले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

सस्थाको इकाइगत साधारणसभा मंसिर २१ गतेदेखि हुनेछ भने अन्तिम माइन्युट प्रमाणिकरण भेला पुस २४ गते हुने प्रधानले बताउनुभयो । संस्थाका अध्यक्ष प्रधानले मुलुकमा ब्याप्त बित्तीय संकटका बाबजुद सदस्यलाई लगानी गर्न नछोडिएको बताउनुभयो ।

संस्थाले गत आर्थिक वर्षमा १२ करोड नाफा कमाउने लक्ष्य राखे पनि १० करोड ७ लाख ४८ हजार नाफा कमाएको छ ।

झापा, मोरङ र इलाम गरि तीन जिल्लाका २६ पालिकामा कार्यक्षेत्र रहेको संस्थामा ४७ हजार ४ सय ५७ जना नियिमत कारोबार गर्ने क्रियाशिल सदस्य रहेको कोषाध्यक्ष विष्टले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here