झापा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका बिषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जनसिद्ध नागरिकताका बिषयमा आवश्यक कानून नवन्दा लाखौ नागरिकहरु नागरिकताबिहीन हुनु परेको भन्दै अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।
उहाले यसअघिको एमाले सरकारले नागरिकताको बिषयलाई समाधान गर्ने प्रयास गरेपनि अहिलेको गठबन्धन दलहरुले नै रोक्ने काम गरेको जिकिर गर्नुभयो । त्यस्तै महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको दावी गर्नुभयो ।
उहाले यसअघि एमाले सरकारले गरेका १४ सय भन्दा बढि बिकासका योजनाहरुलाई गठबन्धन सरकारले रोकेको आरोप लगाउनुभयो ।