कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार


१६ मंसिर २०७९, शुक्रबार १३:३९ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

मायादेवी गाउँपालिका वडा नं। ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बस्नेतले बताउनुभयो। गोली हान्ने समूहको खोजीकार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here