अमेजन वन फँडानी दर झण्डै १२ प्रतिशतले घट्यो


१६ मंसिर २०७९, शुक्रबार १३:०७ मा प्रकाशित

काठमाडौँ । ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो ।

नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो ।

यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ । ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा भएका लक्ष्यप्रति प्रतिबद्ध रहेको समेत बताएको छ ।

विश्वको सबैभन्दा ठूलो घना जङ्गलको क्षेत्र अमेजन जलवायु परिवर्तन न्यूनीकरणका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here