कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक : रेखा शर्मा


१६ मंसिर २०७९, शुक्रबार १४:०८ मा प्रकाशित

झापा । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताउनुभएको छ ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताउनुभएको हो ।

उहाले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यस विषयमा बाहिरबाट टिका टिप्पणी आवश्यक नरहेको धारणा राख्नुभयो । उहाले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने भन्दै माओवादीलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

त्यस्तै उहाले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताउनुभयो । उहाले युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here