झापाको बुद्धशान्तिमा नवनिर्मित कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल उद्घाटन


२५ पुष २०८१, बिहीबार १९:०८ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति ६ स्थित टिमाई नदीमा नवनिर्मित कोशी प्रदेशकै सबैभन्दा लामो र नेपालकै तेस्रो लामो झोलुङ्गे पुल उद्घाटन भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले ‘कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुल’ नाम दिइएको सो पुल उद्घाटन गर्नुभयो । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने उक्त पुल ४७७ मिटर लामो रहेको छ । यो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा लामो र नेपालकै तेस्रो लामो झोलुङ्गे पुल भएको बताईको छ ।
संघीय सरकारको पाँच करोड ९८ लाख ७६१ रुपैयाँ लागतमा थानी जगदम्बा जेभीले पुलको निर्माण सम्पन्न गरेको हो । शिलान्याश भएको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको उक्त पुलको शिलान्यास महामन्त्री शर्माले नै २०८१ असार २४ गते गर्नुभएको थियो ।

पुलको उद्घाटन गर्दै महामन्त्री शर्माले उहाँले देशको विकासका लागि आफु कुनै दलको विषेश नभएर जनताका लागि काम गरेको बताउनुभयो । उहाँले अब छिट्टै भुमिहिनका लागि धनिपुर्जा वितरण समेत गरिने बताउनुभयो ।

पुल सञ्चालनमा आएसँगै वर्षौदेखि आवागमनमा सकस भोगिरहेका स्थानीयलाई आवातजावतमा र कृषिजन्य उत्पादन बिक्रीमा लैजान सहज हुने विश्वास लिइएको छ । पुल रहेको स्थान आकर्षक भौगोलिक बनावट र रमणीय भएकाले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको बुद्धशान्ति गाउँपालिकाले जनाएको छ । पुल निर्माण भएसँगै दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here