राष्ट्रिय पार्टी भए ७ दल


१६ मंसिर २०७९, शुक्रबार १२:४२ मा प्रकाशित

झापा । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

स्याङजा, दोलखा र बाजुराको मत गणना जारी छ । समानुपातिक तर्फपनि झन्डै एक करोड सात लाख मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ । गनिएको समानुपातिक मतमध्ये झन्डै साढे चार लाख मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here