लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न तयारी तीव्र


१६ मंसिर २०७९, शुक्रबार १२:२६ मा प्रकाशित

झापा । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी तीव्र पारेका छन् ।

आफ्नो कार्यकाल सकिन लाग्दा जतिसक्दो छिटो राजधानी सार्ने जोडबलमा मुख्यमन्त्री केसी छन् ।

मुख्यमन्त्री केसीको निरन्तर दबाबपछि प्रदेशको स्थायी राजधानी निर्माणको कामलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा अगाडि बढाएको छ । निर्वाचन सकिए लगत्तै कामलाई तीव्रता दिन मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशसभाले आफ्नो राजधानीको स्थायी मुकाम र नामकरण बहुमतका साथ २०७७ साल असोज २० गते पारित गरेको थियो ।

हालै सम्पन्न निर्वाचनको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानी फिर्ता ल्याउन सकिने बताएपछि झस्किएका प्रदेश सरकारका मुख्यमन्त्री केसी जतिसक्दो छिटो स्थायी संरचना बनाएर राजधानी सार्ने चटारोमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here