क्यालिब्रेसन उडानका कारण त्रिभुवन विमानस्थलमा नियमित उडान प्रभावित


१६ मंसिर २०७९, शुक्रबार ११:२३ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि उडान प्रभावित हुने भएको छ ।

क्यालिब्रेसन उडानका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुने भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान भएका उपकरणको परीक्षणका लागि बिहीवारदेखि भइरहेको क्यालिब्रेसन उडानका कारण आन्तरिक वायुसेवाको उडान प्रभावित हुनेछन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहीवार क्यालिब्रेसन नसकिएकाले शुक्रवार पनि गर्नुपर्ने भएको छ । 

यसका लागि अहिले १० बजेदेखि १ बजेसम्म र २ बजेदेखि ५ बजेसम्मका लागि नोटिस टु एयरम्यान (नोटाम) जारी गरिएको सिटौलाले बताउनुभयो ।

नोटामको समयमा विमानस्थलबाट हुने उडान तथा अवतरण हुँदैन । 

क्यालिब्रेसन उडानका कारण बिहीवार आन्तरिक वायुसेवाका उडान प्रभावित भए भने आज पनि व्यवस्थापन मिलाउन समस्या पर्ने बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here