झापाका दुई स्थानमा सवारी दर्घटना, दुई जनाको मृत्यु


१६ मंसिर २०७९, शुक्रबार १०:३४ मा प्रकाशित

झापा । झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीय शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here