समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, पपुलर मतमा एमाले पहिलो हुने निश्चित


१६ मंसिर २०७९, शुक्रबार ०८:०९ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७७ हजार मत गणना गरिएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले) ले २७ लाख ७२ हजारभन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्षमा दोश्रो भएको एमाले पपुलर मतमा पहिलो हुने करिब निश्चित भएको छ ।

यस्तै, नेपाली कांग्रेसले २६ लाख ४२ हजार मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताइएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here