जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा होः अर्थमन्त्री पौडेल


२७ पुष २०८१, शनिबार १२:१९ मा प्रकाशित


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनु भयो । उहाँले यसका असरहरु आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रुपमा देखिँदै आएको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भुमिका नगण्य रहेको बताउनु भयो । नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्युनिकरण र अनुकुलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताउनु भयो ।

आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतिलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताउनु भयो ।

जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवं अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्युनिकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्वपूर्ण रहेको बताउनु भयो ।

व्यापार संवद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशिल बनाउनेतर्फ थप क्रियाशिलता अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास आवश्यक रहेको बताउनु भयो । 


अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुमपा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौति खडा गरेको बताउनु भयो ।

दक्षिण एशिया क्षेत्र भौगोलिक, आर्थिक एवं सामाजिक असमानताका हिसावले विविधतापूर्ण रहेको र जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठूलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्नसक्नेतर्फ सबै सजग हुनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here