बागमती किनारका सुकुम्वासीहरुको बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन


१४ मंसिर २०७९, बुधबार १७:३३ मा प्रकाशित

काठमाडौं । उचित बिकल्पविना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्वासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपदेखि बिभिन्न स्थानसम्म विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका हुन् ।

उनीहरुले आफुहरुको वस्ती हटाउने महानगरको कामको विरोध गर्दै नारावाजी गरेका थिए ।

राज्यले यसअघि सुकुम्वासीसंग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here