संसदीय दलकाे चुनावको तयारीमा लागेको छुः गगन थापा


१४ मंसिर २०७९, बुधबार १७:३७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताउनुभएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा बिजयी भएसंगै आफू अर्को चुनावको तयारीमा रहेको बताउनुभएको हो ।

शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उहाँको भनाइ छ । त्यस्तै महामन्त्री थापाले पाँचबर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताउनुभयो ।

कहिलेकाहिँ मन्त्रीपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here