प्रथम झापा कपबाट २८ लाख रुपैयाँ बचत


२७ पुष २०८१, शनिबार १९:११ मा प्रकाशित


बिर्तामोड । झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ ।

आयोजकले फुटबल सञ्चालनबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । आयोजक समितिका सचिव चेतामणि खनालका अनुसार आम्दानीतर्फ १ करोड २ लाख १२ हजार ४०४ रुपैयाँ विभिन्न दाता, टिकट बिक्री तथा प्रायोजकबाट संकलन भएको थियो । यसैबीच, झापा कपलाई निरन्तरता दिँदै दोस्रो संस्करण आगामी मंसिर महिनामै आयोजना हुने झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।

लिग लिडर चर्च ब्वाइज युनाइटेड झापा कपको च्याम्पियन बन्दै नगद १० लाख पाउन सफल भएको थियो । न्यू रोड टिम (एनआरटी)ले उपविजेता बन्दै ५ लाख रुपैयाँमा चित्त बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here