कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय


२८ पुष २०८१, आईतवार १४:१८ मा प्रकाशित

विराटनगर । प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ ।

आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताए ।

सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here