नव निर्वाचित सांसदलाई सरकार बनाउने चटारो, राजेन्द्र लिङ्देनलाई विकासको हतारो


१४ मंसिर २०७९, बुधबार १३:२१ मा प्रकाशित

केशवराज भण्डारी,

झापा । नव निर्वाचित संसदहरु सत्ता समीकरणका लागि जोड घटाउमा व्यस्त रहेका बेला झापा ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नो क्षेत्रका विकास निर्माणका काममा व्यस्त हुन थाल्नुभएको छ ।

लिङ्देनले बुधबार एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । नवनिर्वाचित प्रदेश सांसद छवि चुँडालले शिलान्यास कार्यक्रममा सहभागी बन्नुभएको छ ।

निर्वाचित भए लगत्तै लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पुलको शिलान्यास गर्नुभएको हो । उक्त गाउँपालिकाले काठे पुल मुक्त गाउँपालिका बनाउन अभियान नै चलाएको छ । उक्त अभियान अन्तिम चरणमा पुगेको छ । अब ३ वटा पुल मात्र बन्न बाँकी छ । उक्त गाउँपालिका अनगिन्ती बाँसका भाटा तथा काठका थिए । अब ती सबै पक्की पुलमा परिवर्तित हुने क्रममा छन् ।

४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंशिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । जस अन्तरर्गत वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि गाउँपालिकाले ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन वडावासी नागरिकहरुलाई पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिनुभएको छ ।

अर्को एक प्रसंगमा राप्रपाका अध्यक्ष लिङ्देनले आफ्नो दल सरकारमा जाने/नजाने भन्ने विषय निणर्य भइनसकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here