संघीय संसदमा विचाराधीन कस्ता विधेयक निष्क्रिय भए ?


१४ मंसिर २०७९, बुधबार १२:४३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएर त्यहीँ विचाराधीन अवस्थामा रहेका बाहेक संघीय संसदमा दर्ता भएका सबै विधेयक निष्क्रिय भएका छन् ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू सबै निष्क्रिय भइसकेको बताउनुभएको हो । 

उहाँले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने बताउनुभयो ।

धमलाका अनुसार राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । उहाँले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताउनुभएको हो । उहाँले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकहरूको पुनः नयाँ प्रक्रिया (शून्यबाट) शुरु हुने बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here