काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचनको परिणाम सोचेजस्तो नआएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवलय बैठकले अहिलेसम्मको चूनावी नजिताको समिक्षा गर्दै पार्टीले सोचेजस्तो नजिता आउन नसकेको निष्कर्ष निकालेको छ । बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्वाचनको परिणाम सोचेजस्तो नआएपनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्ने निष्कर्ष निकालिएको बताउनुभयो ।
उहाले गठबन्धनको भावना अनुसार आगामी दिनमा पनि अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाले निर्वाचनको पूणर् नतिजा आएपनि थप छलफल हुने जानकारी दिनुभयो । बैठकले निर्वाचनलाई सफल पार्न भूमिका खेल्ने सवैलाई धन्यवाद दिने निणर्य गरेको छ ।