काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । उहाँले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पु¥याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारहरुले मात्रै पाँच तारे हुन नसक्ने बताउनु भयो ।
उहाँले पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताउनु भयो । उहाँले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताउनु भयो । उहाँले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजिकरणको लागि काम गरिरहेको बताउनु भयो ।