देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्छः माधवकुमार नेपाल


१३ मंसिर २०७९, मंगलवार १६:५३ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताउनुभएको छ ।

मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताउनुभएको हो । अहिलेको अवस्थामा गठबन्धन दलहरुसंगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उहाको भनाई छ ।

त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने बिषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचनको परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here