सुकुमबासीहरूद्वारा काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन


१३ मंसिर २०७९, मंगलवार १३:५६ मा प्रकाशित

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । 

सुकुमबासीहरूले आफूहरुलाई सुकुमबासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुमबासी वस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

महानगरपालिकाको कदमप्रति सुकुमबासीहरूले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरू घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुमबासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले सुकुमबासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here