भूकम्पपछिको पुनर्निर्माण नमूना पुनर्निर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भयौंः प्रधानमन्त्री ओली


२ माघ २०८१, बुधबार १८:३४ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पीय असरको सामना असाधारण ढंगले गरेको बताउनुभएको छ ।


बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको भूकम्पपछिको पुनर्निर्माण नमूना पुर्ननिर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भएको दाबी गर्नुभयो ।

उहाँले आफू नेतृत्वको सरकारले २०७२ सालको भूकम्पपछि साढे आठ लाख घरहरु पुनर्निर्माण गर्नेगरी  स्थानीयलाई हस्तान्तरण गरेको बताउनु भयो । उहाँले भूकम्पले भत्काएका सबैजसो ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गरिसकेको बताउनु भयो ।

उहाँले भूकम्पलाई रोक्न नसकेपनि त्यसको असर कम गर्न प्रतिरोधी भौतिक संरचना बनाउन आवश्यक रहेको बताउनु भयो ।

भूकम्पको जोखिम न्युनिकरण र भूकम्पपछिको पुनर्निर्माणमा सरकार निरन्तर काम गरिरहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here