चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै


१२ मंसिर २०७९, सोमबार १३:५१ मा प्रकाशित

झापा ।  चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ ।

प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ ।

चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य शहरमा पनि फैलिएको छ ।

सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सरकार विरोधी प्रदर्शनका तस्वीर तथा भिडियो आइरहे पनि चिनियाँ सञ्चार माध्यम भने यो प्रदर्शनप्रति अहिलेसम्म चुप छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here