झापा । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ ।
जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ ।
यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो । माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ । यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ ।
समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ । यस्तै पहिलो स्थानमा भने एमाले कायमै छ ।