उदयपुर १ को मतगणना रोकियो


११ मंसिर २०७९, आईतवार १०:५६ मा प्रकाशित


झापा । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको हो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । साढे १० बजे सर्वदलीय बैठक बस्ने गरी हाललाई गणना रोकिएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here