झापा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत प्रतिनिधि सभातर्फ रुपन्देहीको क्षेत्र नं ३ मा नेकपा एमाले– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा विजयी भएका छन् । बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेर प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।
गृहमन्त्री खाँण रुपन्देही–३ बाट पराजित
१० मंसिर २०७९, शनिबार १५:२१ मा प्रकाशित