मोरङको क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका डा. शेखर कोइराला विजयी


९ मंसिर २०७९, शुक्रबार ०८:२१ मा प्रकाशित

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभामा गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित हुनुभएको छ ।

कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय१३ मत हासिल गर्नुभएको छ ।

एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाउनुभएको छ । मतगणनामा डा. कोइरालाले शुरुवात देखिनै अग्रता कायम गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here