झापाको क्षेत्र नं ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित


८ मंसिर २०७९, बिहीबार १६:२६ मा प्रकाशित

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका छन्।

झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका छन्।

लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका थिए।

लिङ्देनसहित प्रतिनिधिसभा सदस्यमा राप्रपाका चार नेताले जितिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here