ओलीको जित निश्चित


७ मंसिर २०७९, बुधबार १५:३२ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो ।

अब, १३ हजार ३ सय ८६ मत गणना बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here