झापा । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली काँग्रेसका बिश्वप्रकाश शर्माको जित निश्चित भएको छ ।
अब गणना गर्न बाँकी मत भन्दा मतान्तर धेरै भएका कारण शर्माको जित निश्चित भएको हो ।
११ हजार ४ सय २३ मत गन्न बाँकी रहेको अवस्थामा शर्मा एमाले उम्मेदवार अग्नीप्रसाद खरेल भन्दा १२ हजार ६ सय ८० मत अगाडी रहेका छन् ।
८१ हजार ७ सय ६४ मत मध्ये ७० हजार ३ सय ४१ मत गणना हुदाँ शर्माले ३४ हजार ५ सय ८ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार खरेलले २१ हजार ८ सय २८ मत प्राप्त गरेका छन् ।