सुनसरी । चिसो निकै बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।
पठनपाठन गराउन समस्या पर्ने भएपछि विद्यालय बन्द गर्नु परेको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख रमेश साहका अनुसार उपमहानगरपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरुमा पठनपाठन बन्द गर्नुपर्ने अवस्था आएको हो।
विद्यालयहरु आज बिहीबार र भोलि शुक्रबार बन्द रहने उपमहानगरपालिकाले जनाएको छ। केही दिनयता बढ्दो चिसो र शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ।