झापामा मतपेटिका संकलनको काम जारी, मतगणनामा ढिलाइ हुनसक्ने


४ मंसिर २०७९, आईतवार २०:३० मा प्रकाशित

झापा । झापामा करिब ६० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले झापा छिटपुट विवाद बाहेक शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।

मतदान सकिएसँगै मतपेटिका संकलन कार्य शुरु गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुराउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

अवेरसम्म मतपेटिका संकलन हुने भएकाले गणनामा समय लाग्नसक्ने बताइएको छ । झापा क्षेत्र नं. २ को मतगणना स्थल अर्जुनधारा नगरपालिकामा मतपेटिका पुराउने काम भइरहेको छ ।

जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका भण्डारण गरेपछि सर्वदलीय बैठक बसेर गणनाका लागि समय निर्धारण गरिने तयारी छ ।

झापा क्षेत्र नं. १ को मेचीनगरपालिका, क्षेत्र नं. २ को अर्जुनधारा नगरपालिका, क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगडी, क्षेत्र नं. ४ को कनकाई नगरपालिका र क्षेत्र नं. ५ को दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गणना गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here