झापाबाट उम्मेदवारी दिएका ‘हेबीवेट’ उम्मेदवारले गरे मतदान


४ मंसिर २०७९, आईतवार १३:११ मा प्रकाशित

झापा । झापाबाट उम्मेदवारी दिएका सबै ‘हेबीवेट’ नेताहरूले मतदान गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको कविशिरोमणि मावि मतदान केन्द्र, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दीबारी गाउँपालिकाको वार्ड नं १ को कार्यालय मतदान केन्द्र, नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले बिर्तामोडको देबी मावि मतदान केन्द्र र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चन्द्रगढीको कलबलगुढी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

झापामा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मत खसेको झापा जिल्लाका निर्वाचन कार्यालय झापाले जनाएको छ ।

५ बजेसम्ममा ७५ प्रतिशत मत खस्ने अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले बताए ।

सम्पूर्ण केन्द्रको मतपेटिका मतगणनास्थलमा संकलन गरेर सर्वदलीय बैठक पछि मतगणना सुरू गरिने नेपालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here