आम निर्वाचन २०७९ः आज मतदान


४ मंसिर २०७९, आईतवार ०५:०४ मा प्रकाशित

झापा । आगामी पाँच बर्षका लाग प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आज देशभर मतदान हुँदैछ ।

मतदानका लागि सबै मतदानस्थल तयार भएका छन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका ७६६ स्थायी मतदानस्थल र अस्थायी प्रकृतिका २ वटा मतदानस्थलको निर्माण पूरा भइसकेको छ ।

झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनप झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here