तयार भए झापाका मतदानस्थल (तस्वीरहरू)


३ मंसिर २०७९, शनिबार २०:०७ मा प्रकाशित

झापा । आइतबार हुने मतदानका लागि मतदानस्थल तयार भएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत हुने मतदानका लागि मतदानस्थल तयार भएका हुन् ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका ७६६ स्थायी मतदानस्थल र अस्थायी प्रकृतिका २ वटा मतदानस्थलको निर्माण पूरा भइसकेको छ ।

झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय अग्निप्रसाद खरेल र देवराज घिमिरेले झापाबाट मतदान गर्दैछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने भक्तपुरमा मतदान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here