‘कबीर सिंह’पछि कियारालाई हात पर्‍यो अर्को सफलता


१२ असार २०७६, बिहीबार १०:४४ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणीले हाल प्रदर्शनरतः सिनेमा ‘कबीर सिंह’बाट तारिफ बटुलिरहेकी छिन् । सिनेमाले वक्सअफिसमा पैसा छापिरहेको छ ।

व्यापार र समिक्षाबाट सुखद अनुभूति गरिरहेकी कियारालाई अर्को खुशी मिलेको छ । उनी चर्चित निर्माता तथा निर्देशक करण जोहरको नयाँ सिनेमाका लागि छनौट भएकी छन् । करणले सो सिनेमामा रहेको कियारा फस्ट लुक आफैले सार्वजनिक गरेका छन् । फस्ट लुकले हाल सामाजिक संजालमा राम्रो चर्चा बटुलिरहेको बताइन्छ ।

कियारा करणको आगामी सिनेमा ‘गिल्टी’मा देखिनेछिन् । यो सिनेमा सिनेमा घरमा नभइ नेट फ्लिक्समा रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here