झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेका नेता तानेर लगेकाे बताउनुभएकाे छ ।
गृह जिल्ला झापाकाे शनिश्चरेस्थित सालबारीमा मंगलबार साँझ आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर-२ मा एमालेले असाधारण र सक्षम उम्मेदवार उठाएकाे बताउनुभयाे ।
उहाँले यस क्षेत्रमा गठबन्धनले उठाएकाे उम्मेदवार देवराज घिमिरेकाे सामान्य कार्यकर्ता मात्रै भएकाे बताउनुभयाे ।
अहिलेकाे गठबन्धनमा नीति र विचार मात्र नभएर उम्मेदवारकाे समेत खडेरी परेकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे, ‘हाम्राे घरबाट एकजना हराए, कहाँ गए भनेर हेरेकाे त, गठबन्धनले काेही नपाएर च्याप्प समातेर उम्मेदवार पाे बनाइराखेकाे, कति साह्राे खडेरी परेकाे त्यहाँ ।’
अर्काे पटक अहिलेकाे गठबन्धन कायम नरहने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘अर्काे पटक गठबन्धन कायम रहँदैन हाेला, रहेछ भने सबै ठाउँमा हाम्रा उम्मेदवार पठाइदिउँला, हाम्रा मान्छे भेटिन्छन् अलिअलि ।’