प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै


२१ कार्तिक २०७९, सोमबार १८:४१ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि अस्पतालमा भर्ना हुनुभएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उहाँलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिएको किरणले जानकारी दिनुभयो । सीता लामो समयदेखि पार्किन्सन्स बिरामी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here