समानुपातिकमा अपाङ्ग सहभागी नगराएकोमा अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आपत्ति


१५ कार्तिक २०७९, मंगलवार १६:४६ मा प्रकाशित

झापा । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिक सूचीमा अपाङ्ग, पिछडा वर्ग, दलित, महिला, र सिमान्तकृत समुदायलाई सहभागी नगराएकोमा आपत्ति जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचनको समानुपातिक सूचीमा सहभागी नगराएकोमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालका अध्यक्ष नीलकण्ठ पौडेलले आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा अपाङ्ग, पिछडा वर्ग, दलित, महिलालगायतलाई सहभागी नगराएको बताउनुभयो । समानुपातिक सूचीमा अपांग तथा महिलाहरुको सहभागिता कम रहेको उहाको दाबी थियो । उहाले सो विषयमा सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको सुनाउनुभयो । अपांग तथा असहायहरुलाई पाखा लगाएर प्रतिनिधि सभाको निर्वाचन गर्न लागिएको भन्दै उहाले आपत्ति जनाउनुभयो । काठमाडौं–२ बाट उम्मेदवारी दिएकी भगवती ढकालले स्वास्थ्य, शिक्षा, रोजगार र देशको भौगोलिक विकासको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here